Sunday, July 3, 2016

चिहानबाट आवाज आउँछ: म ज्यूँदै छु, बाहिर निकाल

२०७३ वैशाख २६ गते १०:११ मा प्रकाशित (२०७३ वैशाख २७ गते १३:०६मा आवधिक गरिएको)

http://www.onlinekhabar.com/wp-content/uploads/2016/05/death_cover.jpeg

सुन्दा कुनै भुताहा फिल्मको काल्पनिक कथा जस्तो लाग्नसक्छ । तर यो सत्य घटना हो, भारतको ।
भारतको मेरठस्थित जलालपुर गाउँमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ एकजना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको छ । चिहानभित्रबाट म ज्यूँदै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र त्यहाँ मानिसहरु गुनगुनाएको आवाज पनि सुनिने गरेको छ ।
आफ्नो मृतक छोरालाई गाडेको चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवाले चिहान खोतलिदिनका लागि प्रहरीसामु अनुरोध गरेका छन् ।
चिहानबाट आवाज आउन थालेपछि गाउँलेहरु त्रसित छन् र कुनै प्रलय हुने डरमा छन् । दुइ महिना पहिले मृत्यु भएका इरफाम मोहम्मद नामका युवकलाई उक्त चिहानमा गाडिएको थियो ।
इरफानका भाइ दीनका अनुसार उनका दाइलाई अन्त्यष्टि गरेको केही दिनसम्म त यसबारेमा केही थाहा थिएन । तर, जब उनी एक दिन उक्त चिहानको नजिक हुँदै हिँड्दै थिए, केही गुनगुनाएको आवाज सुने । जब उनी चिहानको नजिक पुगे उनको होसहवास उड्यो । चिहानभित्र  बाट गुहार मागिएको आवाज आइरहेको थियो र आफुलाई बाहिर निकाल्न भनिएको थियो ।
चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवा तथा परिवारको पीडामा पीडा तथा भय थपिएको छ । प्रहरीले चिहान खोतलोस् र छिटै उक्त आवाजको खास कारण पत्ता लगाइदेओस् भन्ने इच्छा मृतकका बुवाको रहेको छ ।
२०७३ वैशाख २६ गते १०:११ मा प्रकाशित (२०७३ वैशाख २७ गते १३:०६मा आवधिक गरिएको)

यस्तो होटल, जहाँ रातमा चुरोट पिउनेलाई भुतले थप्पड हान्दछ

२०७३ जेठ ३० गते ९:२९ मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/brajrajbhavan.jpg

धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जान्दाजान्दै र धुम्रपान गर्न निषेध गरिएको ठाउँमा समेत जबरजस्ती गर्दै चुरोट पिउने मानिसहरु धेरै हुन्छन् । तर भारतमा एउटा यस्तो ठाउँ छ जहाँ धुम्रपान गर्दा अदृश्य शक्तिले जोडसँग थप्पड हान्दछ ।
हो, राजस्थानमा रहेको उक्त ठाउँमा जब कसैले चुरोट सल्काउन थाल्छ तब ऊमाथि जोडदार थप्पड प्रहार हुन्छ । त्यो जोडदार थप्पड आखिर कसले मार्छ ? अहिलेसम्म पत्ता लागेको छैन । कोही प्रेतात्माले चुरोट पिउनेहरुलाई थप्पड मारेको अनुमान गरिन्छ ।
राजस्थानको कोटामा रहेको सिभिल लाइन्स नयाँपुरास्थित बृजराज दरबार आफ्नो सुन्दरताको लागि जति चर्चित छ अदृश्य शक्तिले थप्पड हान्ने कारणले झनै चर्चित छ । यो भवनमा होटल रहेको छ । यस हेरिटेड होटलमा जो कोही बस्न चाहन्छ । होटलमा बस्नुअघि उसलाई जानकारी दिइउको हुन्छ की त्यहाँ रातमा चुरोट पिउन मनाही छ ।
किम्बदन्ती अनुसार त्यहाँ एउटा मेजरको भूत घुमिरहन्छ जसलाई अनुसासन मन पर्दछ । उसलाई रातमा चुरोट पिएर टाइम पास गर्ने मानिसहरु तथा ड्युटीमा निदाउने सुरक्षागार्डहरु मन पर्दैन । यदि कुनै गार्ड रातमा ड्युटीको समयमा निदायो भने पनि कोही कराएर गाली गरेको आवाज सुनिन्छ ।
बिहान हेर्दा ड्युटीमा सुत्ने उक्त गार्डको गाला रातो तथा सुन्निएको पाइन्छ । सोही मेजरको भूतले ड्युटीमा निदाउने गार्डको गालामा थप्पड हान्ने विश्वास गरिन्छ । रातमा यो होटलको वगैँचामा पनि कोही जाँदैनन् । वगैँचामा उक्त मेजर तथा उसका बच्चाबच्चीहरुका आत्माहरु घुमिरहने बताइन्छ ।

जो झोलामा ६ किलोको मुटु बोकेर १७ महिना बाँचे

२०७३ जेठ ३२ गते १०:३३ मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/BACKPACK.jpg
शरीरको सबैभन्दा संवेदनशील अंग मुटु छातिभित्र हुन्छ र यसले अलिकति पनि काम गर्नमा गडबडी भयो भने मानिसको ज्यानै जानसक्छ ।
तर अमेरिकाका एक जना युवक पनि छातिभित्रको मुटुले पूरै १७ महिना काम नगर्दा पनि बाँच्न सफल भए । छातिभित्रको मुटुले काम नगरेर के भो त ? उनले १७ महिनासम्म बकाइदा आफ्नो लागि कामगर्ने मुटु २४ सै घण्टा झोलामा बोकिरहे ।
मिचिगनका २५ वषर्ीय स्टान लार्किन हो उनको नाम, जो मुटु विना १७ महिना बाँचे र अहिले मुटु प्रत्यारोपण गराएर प्राकृतिक अवस्थामै फर्किएका छन् ।
फेमेलियल कार्डियोमायोप्याथी नामक रोगका कारण उनको मुटुले काम गर्न छाड्यो । उनलाई तत्काल मुटु प्रत्यारोपण गर्नका लागि दाता भेटिएन । त्यसपछि मिचिगन फ्रेन्केल कार्डियोभास्कुलर सेन्टरका डाक्टरहरुले उनलाई एउटा कृत्रिम मुटु राखिदिए सन् २०१४ मा । झोलामा बोकेर हिड्नुपर्ने त्यो कृत्रिम मुटु सिन्कार्डिया झण्डै ६ किलोको थियो र त्यसको काम उनको सरीरमा रगत पम्प गर्नु नै थियो ।
लार्किनका दाईमा पनि उस्तै समस्या थियो । तर उनले लामो समयसम्म कृत्रिम मुटुको भाँडो बोकिरहनुपरेन । किनकी एकजना मुटुदाता छिटै भेटिएपछि सन् २०१५ मै उनको मुटुको शल्यक्रिया भयो । तर लार्किनले भने सामान्य जिवनमा फर्किन १७ महिना कुर्नुपर्यो ।
धन्य चिकित्सा विज्ञानको चमत्कारका कारण उनले नयाँ जिवन पाए । अब आफु सामान्य मानिस झैँ दौडिन सक्ने आशा उनमा छ । उनले आफुलाई नयाँ जिवन दिने डाक्टर तथा मुटुदातालाई धन्यवाद दिए ।

यो हो भुतले गीत गाउने मरुभूमि

२०७३ असार ११ गते ९:१० मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/dancing.jpg

पृथ्वीमा यस्ता कैयन् विचित्र ठाउँहरु छन् जसको रहस्य अहिलेसम्म पनि खुलेको छैन ।
मोरक्कोको मरुभूमिमा समेत एउटा यस्तै रहस्यमय ठाउँ छ । यो मरुभूमि यस कारण चर्चित छ की त्यहाँ निरन्तर संगीतको आवाज सुनिन्छ । त्यस्तो आवाज कहाँबाट आएको होला भन्ने एकिन नभएपनि भुतप्रेतले संगीत सिर्जना गरेको विश्वास धेरेको छ ।
उक्त मरुभूमिमा गितार, ड्रम, भायोलिन लगायतका वाद्ययन्त्रबाट आउने आवाज सुनिन्छ । मानिसहरुले यस्ता सांगितिक आवाज भुतले निकाल्ने भनेर विश्वास गर्ने गरेका भएपनि वैज्ञानिकहरुले भने ती आवाजहरुको श्रोत पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुका अनुसार मरुभूमिमा बन्ने बालुवाका ढिस्काहरु जब भत्किन्छन् तब उत्पन्न हुने कम्पनबाट यस्तो आवाज आउँदछ । मरुभूमिमा संगीत जस्तो आवाज आउनुमा बालुवाका कणको आकारले पनि प्रभाव पार्दछ

स्विमिङ पुलमा नुहाउँदा १६ किशोरी गर्भवती

२०७३ असार ८ गते ८:४३ मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/swimmingpool-1.jpg

सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ ।
तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक पौडी पोखरीमा नुहाएसँगै १६ जना किशोरीहरु गर्भवती भएका छन् ।
यी किशोरीहरु १३ देखि १७ वर्षसम्मका थिए । उनीहरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेर गर्भवती भएका होइनन् र अहिलेसम्म उनीहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका पनि छैनन् । यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवती बनेसँगै त्यहाँ हंगामा नै मच्चियो।
मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागि भएका थिए । जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि । तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाए सबै १६ जना किशोरीहरु गर्भवती भएको पत्ता लाग्यो ।
यसरी पौडी पोखरीमा एकैदिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवती बनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो । त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो । तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो ।
यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन । यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो ।

Kanye West’s ‘Famous” Features 12 Nude Celebs Including Himself, Kim and Taylor Swift

Advertisements

http://herbeauty.co/wp-content/uploads/2016/06/Kanye-Wests-Famous-Features-12-Nude-Celebs-Including-Himself-Kim-and-Taylor-Swift-0-1.jpg

Kanye West did it again. His new video Famous is the hottest topic of discussion these days. Not only was it eagerly awaited by his fans, but it also managed to stay the most closely guarded secret. Kanye West went the extra mile and made sure none of it was leaked, and no one would see it before he’s completely done with it. Apparently he was still polishing it and recutting some scenes the night before the release. Is that true, and is he such a perfectionist, or was he waiting until most of the press would fall asleep to launch it? We might never know. He’s now only streaming it at his live concerts and it’s also available on Tidal.


The video features Kanye West, naked, in bed with his wife Kim Kardashian West and other very famous people. It’s hard to tell whether these celebs took part in filming the Famous video, but you can see naked George W. Bush, Donald Trump, Anna Wintour, Rihanna, Chris Brown, Taylor Swift, Ray J., Amber Rose, Caitlyn Jenner and Bill Cosby. The naked forms in bed look very realistic, to the point where you sort of wonder which ones are dolls or wax figures and which ones could actually be there. Our guess is that all of them are dolls, but we’ll see how this story unfolds. It’s Kanye, things will probably escalate quickly.


So why those particular people? It’s hard to tell. On one hand some of them are people he actually is or has been close with. Others just seem to be one of the most famous celebs in the US. But if you’ve been paying attention to Kanye through the years, you’ll notice that he’s had some strange encounters with all of this people. From Kanye saying “Bush doesn’t care about black people” to tweeting “Bill Cosby is innocent”. We all remember that incident with Taylor Swift right? One thing we know for sure is that Kanye’s video bears a striking resemblance to Vincent Desiderio’s painting “Sleep”, so we know he was trying to reference that.


So is Kanye trying to say that all these celebs have something in common? Or is this a statement in favor of these particular ones? Kanye isn’t in a hurry to explain. So far in his interview with Vanity Fair he just said “It’s a comment on fame.”
He know’s it controversial, he’s already tweeted “Can somebody sure me already #I’ll wait.” on Saturday, but then deleted the tweet later.

मलावीका राष्ट्रपतिले मुसा र फट्यांग्रा खान भनेपछि जनता आक्रोसित

२०७३ असार १८ गते ८:४८ मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/07/President-Mutharika.jpg

खाद्यसंकटका कारण हातमुख जोर्न नपाएर जनता भोकले छटपटाइरहेका बेला राष्ट्रप्रमुखले जनतालाई सान्त्वना दिन के भन्लान् ? साँच्ची, सरकारले खाद्यान्न उपलब्ध गराउन फलानो काम गरिरहेको छ, नआत्तिनुस्, खानेकुरा फारो गर्नुस् भन्लान् ।
तर यो दुनियामा यस्ता राष्ट्रपति पनि हुँदा रहेछन् जसले खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खाएर पेट भर्न आदेश दिन्छन् ।
अफ्रिकी देश मलावीका राष्ट्रपति अहिले यहीँ कुराले तिव्र विवादमा तानिएका छन् । देशमा व्याप्त खाद्य संकटका बेला उनले जनतालाई मुसा र फट्यांग्रा खान अपिल गरेका थिए ।
हालैको एक र्यालीमा सम्बोधन गर्दै राष्ट्रपति पिटर मुठारिकाले खाद्य संकट समाधानका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै भने,  सरकारले यति गर्दा पनि किन मानिसहरु भोकमरीले मरिरहेका छन् ? हामीसँग खानका लागि धेरै चिज छन् । हामीले मुसा, फट्यांग्रा तथा क्यासाभा पनि खानुपर्छ ।
राष्ट्रपतिको यो भनाईप्रति सर्वसाधारण तथा मानवअधिकारवादीले तिव्र आलोचना व्यक्त गरेका छन् । सोसल मिडियामा राष्ट्रपतिको तिव्र आलोचना गर्दै उनी क्रुर तथा संवेदनाहीन भएको आरोप लगाइएको छ । कतिपयले राष्ट्रपतिलाई नै मुसा खाने काम सुरु गर्न सुझाव दिएका छन् ।
राष्ट्रपतिको भनाईपछि सत्तारुढ दलको झण्डालाई पनि बंग्याएर सोसल मिडियामा भाइरल बनाइएको छ । झण्डामा रहेका तिनवटा मकैका घोँगाको ठाउँमा मुसा र फट्यांग्रा राखेर तस्वीर तयार पारेर इन्टरनेटमा खिसिट्युरी गरिएको छ ।

राष्ट्रपति विरुद्ध तिव्र आलोचना भएपनि त्यहाँकी सूचना मन्त्रीले बचाउ गर्दै राष्ट्रपतिले केवल जोक मात्र गरेको दाबी गरिन् । मानिसहरुले भने भोकमरीको विषय जोकको विषय नभएको भन्दै सूचना मन्त्रीलाई नै पाठ पढाएका छन् ।