-
, काठमाडौंhttp://bit.ly/296a5qj
असार १६, २०७३- अमेरिकी पप सेन्सेसन लेडी गागाले अब चीन जान नपाउने भएकी छन् । दलाई लामासँग भेटघाट गरेको भन्दै ३० वर्षीया गायिकालाई चीन सरकारले आफ्नो देश आउन रोक लगाएको गार्जियन अनलाइनले उल्लेख गरेको छ ।
तिब्बती धर्मगुरु दलाई लामा अमेरिकाको इन्डियानापोलिसमा आइतबार प्रवचन कार्यक्रममा गागाले भेटेकी थिइन् । हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो ।
प्रकाशित: असार १६, २०७३
http://bit.ly/296a5qj
No comments:
Post a Comment