Thursday, June 30, 2016

The First Thing You Must Do in Bed


The First Thing You Must Do in Bed



Check this off and it'll make the rest of your romp better









http://www.menshealth.com/sites/menshealth.com/files/2014/06/couple-in-bed.jpg





Generosity for the win: Focusing on what she craves in the sack also increases your arousal, says research in the journal Social Psychological and Personality Science.
Researchers studied “sexual communal strength”—the willingness to meet a partner’s sexual needs—in long-term couples. Both parties filled out daily sex surveys for 3 weeks. Four months later, generous lovers  reported higher levels of daily arousal AND more desire for their partner than the less-generous couples.



Try these tips to unleash your power where it matters the most—in bed! Check out The Men's Health Big Book of Sex.
"There's a lot of research out there that suggests giving to others is good for the self," says lead study author Amy Muise, Ph.D., of the University of Toronto, and that effect is even stronger with a romantic partner. Plus, Muise says, knowing you can satisfy your partner's needs is a major confidence booster.
But zeroing in on her desires at the exclusion of your own won't deliver the same outcome, says Muise. The solution: Aim for compromise. If you usually perform oral sex on her because she loves to incorporate it into foreplay, see if she's up for something you want, like shower sex or a morning quickie before work. That way you'll both feel accounted for, 





The Smoothest Way to Invite a Woman Over For Sex



A reader asked the Men’s Health Girl Next Door how to close the deal at the end of a date. Here’s her answer





June 20, 2016










http://www.menshealth.com/sites/menshealth.com/files/articles/2016/06/mh-invite-her-home.jpg


Pull her close and whisper in her ear: “I really want to be alone with you. Want to come back to my place?” 
Don’t worry if it doesn’t sound quite as smooth as you’d like—a bit of awkwardness will actually be endearing. She’ll appreciate that it doesn’t seem like you have too much practice making the offer.
The important thing is to convey authenticity and confidence. 
Some guys try to be coy, inventing some excuse to get a woman alone when they’re really hoping for sex. (“You haven’t seen The Godfather?! I have the whole trilogy on DVD!”) 
I get it—these guys probably feel like they’re playing it safe. But women can usually smell an ulterior motive. 
And more importantly, this is not the time for pretense. 
If you’re clear about what you’re asking, you’ll get the clear answer you need to get on with your evening. 
Got a question about women, dating, love, or lust? Submit it to Ali via

इन्टरनेट विस्तारमा चीनले सघाउने



http://kantipur.ekantipur.com/news/2016-05-30/20160530205505.html




जेष्ठ १७, २०७३- मुलुकका सबै सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने सरकारी योजनालाई चीनले सहयोग गर्ने भएको छ । उसले सहयोगको प्रतिबद्धता जनाउदै सरकारसँग विस्तृत प्रस्ताव माग गरेको हो ।
‘चीनले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याउने योजनामा चासो देखाएको छ,’ सञ्चार मन्त्रालयका सहसचिव सुरेश अधिकारीले भने, ‘हामीसँग प्रस्ताव मागिसक्यो ।’ उनका अनुसार, चीनियाँ दूतावासका अधिकारीको एक टोलीले सञ्चार मन्त्रालयमा आएरै सरकारी योजनामा सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । उनीहरुले औपचारिक माध्यमबाट प्रस्ताव पठाए आफुहरु योजनाका लागि भौतिक एवं प्राविधिक सहयोग गर्न तत्पर रहेको बताएका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पनि सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र सामुदायिक स्वास्थ्य केन्द्रमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । यसका लागि माइक्रो वेभ ट्रान्समिसनबाट सेवा दिइने बजेटमा उल्लेख छ ।
चिनियाँले चासो देखाएपछि मन्त्रालयले परराष्ट्रमार्फत औपचारिक प्रस्ताव पठाउने तयारी गरेको छ । ‘हामीले प्रस्ताव बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएका छौं,’ अधिकारीले भने, ‘प्राधिकरणबाट आएपछि परराष्ट्रमार्फत पठाउछौ ।’ सञ्चारले शिक्षा र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा प्रस्तावलाई पूर्णता दिने उनले बताए । ‘इन्टरनेट सेवा विस्तार हाम्रो क्षेत्रमा भएपनि यसमा शिक्षा र स्वास्थ्य मन्त्रालयको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘हामीले दुवै मन्त्रालयसँग पनि समन्वय गरेर प्रस्ताव पठाउछौं ।’
चीनले विद्यालय, उच्च मावि, क्याम्पस र स्वास्थ्य केन्द्रमा इन्टरनेट जोड्न लाग्ने उपकरण, कम्प्युटर, सोलार प्यानलगायतका पूर्वाधारलाई आवश्यक वस्तु सहयोग गर्न चासो देखाएको हो । दुई वर्षअघि आएको ब्रोड ब्यान्ड नीति र एक वर्ष अघि आएको सूचना तथा सञ्चार नीतिमा पनि आगामी चार वर्षभित्र सबै सामुदायिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।
सरकारले ग्रामिण दूरसञ्चार कोषको रकम खर्च गरेर योजना कार्यान्वयन गर्न लागेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनाअघि नै ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न इच्छुक सामुदायीक विद्यालयसँग आशयपत्र समेत माग गरिकेको छ ।
ब्रोडब्यान्ड नीतिले ‘कनेक्ट अ स्कुल कनेक्ट अ कम्युनिटी’ कार्यक्रम लागू गर्ने रणनीति लिएको छ । यो नीतिले सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको हो । यसैगरी सूचना तथा सञ्चार नीतिले भने सामुदायीक विद्यालयमा इन्टरनेट सहित आधारभुत सञ्चार सुविधा विस्तार गर्न राष्ट्रव्यापी कार्यक्रम तर्जुमा गरि लागू गर्ने उल्लेख छ । यसैगरी हरेक गाविसमा सूचना केन्द्रको व्यवस्था गर्ने योजना पनि नीतिले अघि सारेको छ ।
प्रकाशित: जेष्ठ १७, २०७३


http://kantipur.ekantipur.com/news/2016-05-30/20160530205505.html

दलाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक



http://bit.ly/296a5qj




असार १६, २०७३- अमेरिकी पप सेन्सेसन लेडी गागाले अब चीन जान नपाउने भएकी छन् । दलाई लामासँग भेटघाट गरेको भन्दै ३० वर्षीया गायिकालाई चीन सरकारले आफ्नो देश आउन रोक लगाएको गार्जियन अनलाइनले उल्लेख गरेको छ ।
तिब्बती धर्मगुरु दलाई लामा अमेरिकाको इन्डियानापोलिसमा आइतबार प्रवचन कार्यक्रममा गागाले भेटेकी थिइन् । हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो ।
प्रकाशित: असार १६, २०७३


http://bit.ly/296a5qj

समाजसेवामा पोर्नसाइट



बिहिबार, १६ असार २०७३, १४ : १६ |  एजेन्सी
http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/575f264e2200002d00f80b7d.jpg

एजेन्सी- पोर्नसाइट पनि समाजसेवामा संलग्न भएको समाचार अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना हालसालै भएको छ ।
एउटा पोर्नसाइटले समाजसेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । वेबसाइट हेरेर भिजिटरले हस्तमैथुन गरेपिच्छे निश्चित रकम समाजसेवाका लागि छुट्याउने वेबसाइट व्यवस्थापनले जनाएको छ ।
‘आइजस्टकेम डट अर्ग’ वेबसाइटले यस्तो स्किम लिएर आएको हो । वेबसाइटमा रहेका हरेक भिडियोमा क्लिक भएपिच्छे एक पेनी उसले समाजसेवामा छुट्याउने भएको छ । ‘हाम्रोमा अपलोड हुने भिडियोहरू यति उत्तेजक हुन्छन् कि आदरणीय दर्शकहरू हस्तमैथुन नगरी रहनै सक्नुहुन्न । त्यही भएर प्रत्येक पटक भिडियोमा क्लिक हुँदा हामी कुनै दर्शकले हस्तमैथुन ग¥यो भन्ने मान्छौँ र एक पेनीका दरले समाजसेवामा पैसा छुट्याउँछौँ,’ वेबसाइट सन्देशलाई उद्धृत गर्दै ‘हफिङ्टन पोस्ट’ले जनाएको छ । वेबसाइटले छुट्याएको पैसा प्रोस्टेट, अण्डकोष, पाठेघर र मुटुको उपचारमा मानिसलाई सघाउने संघसंस्थाले पाउनेसमेत वेबसाइटले जनाएको छ ।

स्क्यानरमा लिंग




बिहिबार, १६ असार २०७३, १७ : १८ |  नागरिक

http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/1170.JPG

अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन्।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन्।
'सुपरमार्केटबाट बाहिर निस्किँदा चेकआउट स्क्यानरमा आफ्ना सामान जाँच गराउनुपर्ने हुन्छ। स्क्यानरमा रहेको सामान राख्ने ठाउँमा ती युवकले थपक्क पेन्ट खोलेर लिंग निकालेर राखे,' समाचारमा भनिएको छ।
स्क्यानरमा लिंग राख्दा उनी मुसुमुसु हाँसिरहेका थिए भने वरिपरिका मानिसले असहज महसुस गरिरहेका थिए। 'लिंग देखाएपछि सुपरमार्केटका कर्मचारीसँग उनको भनाभन भएको थियो। धेरै जोरी खोजे आँखामा पिरो धुलो छर्किदिने चेतावनी सुपरमार्केटका कर्मचारीले दिएपछि उनी बाहिरिएका थिए। केही छिनपछि उनी पुनः सुपरमार्केट फर्किएर झगडा गर्न तम्सिएका थिए,' समाचारमा भनिएको छ। यद्यपि, ती युवकले  स्क्यानरमा किन लिंग राखे भन्ने चाहिँ समाचारमा खुलाइएको छैन।

चीनले बन्द गर्याे कोरला नाका



शुक्रबार, १७ असार २०७३, ०५ : ५३ |  दिलीप पौडेल

http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/korala_Border_Koralla%20naka%20Mustang.jpg

काठमाडौं–उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।
अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वनिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमतिअनुसार हरेक वर्ष दुईपटक नेपाल र तिब्बतको सीमाक्षेत्रमा मेला आयोजना हुँदै आएको छ ।
स्रोतका अनुसार चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हो । ‘२५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो,’ एक उच्च सरकारी अधिकारीले भने, ‘चिनियाँले हामीलाई जानकारी नै नदिई १० दिनअघि नै एक्कासि बन्द गरे ।’
तोकिएको समयभन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । ‘२५ दिनका लागि खोल्ने सहमति थियो,’ प्रजिअ अधिकारीले भने, ‘बिहीबारबाट नाका बन्द भएको अनौपचारिक जानकारी आएको छ ।’ उनले सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले नाका बन्द गरेको हुनसक्ने बताए । ‘सुरक्षाको विषयमा चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘सामान किन्न व्यापारी नगएका कारण बन्द गरेका हुन सक्छन् ।’
दुई देशको सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताक्रममा नाका खोलिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले एक दशक अघिदेखि सीमामा तारबार लगाएर कोराला गेट बन्द गरेको थियो । सीमा क्षेत्रभन्दा चीनतर्फको करिब ३ किलोमिटरको दुरीमा रहेको तिब्बती भूमिमा मेला आयोजना भएको थियो । उक्त क्षेत्रमा चिनियाँ व्यापारीले राखेका स्टलमा नेपाली व्यापारीले सामान किनेका छन् ।
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीसहित सरकारी अधिकारीको समन्वयमा मेला आयोजना भएको हो । मेलामा मुस्ताङी र तिब्बती व्यापारीले सामान बिक्री गरेका थिए । मेलामा नेपालीले पनि तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायतका स्टल राखेको उपल्लो मुस्ताङका इन्द्रधारा विष्टले बताए ।  मेलामा करिब पाँच करोडको कारोबार भएको अनुमान छ ।
अरु बेला बन्द रहने नाकामा व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाएका थिए । बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले पनि उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङलगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन् । नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ । पछिल्लो समय चिनियाँ व्यापारीले मोबाइल तथा इलोक्ट्रोनिक्स सामानसमेत मेलामा ल्याउने गरेका छन् ।
मेलामा तिब्बती धार्मिक नेता दलाइ लामाका तस्बिर, लकेटसहित पुस्तक बिक्री–वितरण गर्न रोक लगाइएको एक व्यापारीले बताए । मेला आसपास क्षेत्रमा धेरै दलाइ लामाका अनुनायी भएकाले पनि नाकामा कडाइ हुने गरेको व्यापारीको भनाइ छ । तिब्बती र उपल्लो मुस्ताङवासीले दलाइ लामालाई भगवानजस्तै मान्छन् ।
सन् २००२ मा मुस्ताङ–तिब्बतका सरकारी अधिकारीबीच भएको वार्तापछि दुई देशका बासिन्दालाई १० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न दिने सहमति भए पनि अहिले त्यसो हुन सकेको छैन । विगतमा व्यापार मेलामा जाने मुस्ताङका व्यापारीलाई परिचयपत्र माग्ने, मनपरी मूल्य लिने गरिएकाले नेपाली व्यापारी मेलाप्रति रुष्ट थिए । सीमाक्षेत्रमा आयोजना हुने मेला मुस्ताङको बस्तीनजिकै ल्याउनुपर्ने प्रस्ताव छलफलका बेला राख्नुपर्ने उपल्लो मुस्ताङका बासिन्दाको माग छ ।
सहभागीका अनुसार यार्सागुन्बुसहित बहुमूल्य जडीबुटीप्रति चिनियाँ व्यापारीले चासो देखाउने गरेका छन् । मेलामा झोङवासेन र लाब्राङ बजारका व्यापारीले निर्माण सामग्री, लत्ताकपडा, भेडाच्यांग्रा तथा घोडासमेत किनबेच गरेका थिए । उक्त नाका नियमित सञ्चालन गर्न नेपाली पक्षले चिनियाँलाई पटक—पटक आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालनमा आउन सकेको छैन ।
उक्त नाका समुन्द्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ छ । सीमाक्षेत्रमा सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिको निगरानी गर्ने गरेको छ । लामो समयदेखि बन्द रहेको नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियावाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन ।


सलमानले थामे कैटरिनाको हात !



बुधबार, ०८ असार २०७३, १२ : ४९ |  एजेन्सी


http://www.nagariknews.com/uploads/media/2016/June/salman.jpg

मुम्बई–बलिउड अभिनेता सलमान खान कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छन्। सोही क्रममा केही दिन पहिला सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारेका छन्।  भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन्।
बाब सिद्दीकीले दिएको पाटीमा पुगेका सलमानले कैटरिनाको हात समाएका हुन्। सलमान आफ्नी गर्लफ्रेण्डसँग पाटीमा जाने चर्चा चलेपनि पाटीमा सलमान एक्लै पुगेका थिए, जहा सलमान कैटरिनासँग निकै घुलमिल देखिए। यतिबेला समाजिक संजालमा सलमान र कैटरिनाको फोटो भाइरल भएको छ।
फोटोमा सलमान ठूलो जमघटमा पूर्व प्रेमिका कैटरिनाको हात समातेर हिडेँको दृष्य देख्न सकिन्छ। एकअर्काको हात समाएका उनीहरु दुवै मुस्कुराएका छन्। संचारमाध्यमले सलमान र कैटरिनाको प्रेम अझै बाँकी रहेको समाचार सम्प्रेषण गरेका छन्।
केही समय पहिला अभिनेता रणबीर कपुरसँग ब्रेकअपपछि सलमानले कैटरिनालाई आफ्नो करियरमा ध्यान दिन सल्लाह दिएका थिए। सलमानले कैटरिनालाई धेरै सहयोग समेत गर्ने गरेका छन्। हालैमा सलमानले फिल्म ‘वीरे दी वेडिंग’ मा कैटरिना कैफलाई अभिनेत्रीको रुपमा लिन सलमानले अनिल कपुरसँग सिफारिससमेत गरेका थिए।

घाइते भइन् श्रद्धा



बिहिबार, १६ असार २०७३, १४ : २० |  एजेन्सी

http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/Shraddha-Kapoor-Photoshoot-Wallpaper.jpg



मुम्बइ-बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन् । फिल्म छायांकनका क्रममा उनी घाइते भएकी हुन् ।
फिल्म ‘गर्लफ्रेन्ड’को छायांकनमा गरिरहेकी उनी लडेर घाइते भएकी हुन् ।
लडेका कारण खुट्टाको लिगामेन्ट च्यातिएको उनले बताएकी  छिन् । श्रद्धा स्वयंले घाइते खुट्टाको तस्बिर इन्स्टाग्राममा राखेपछि उनी घाइते भएको जानकारी  फ्यानहरूले पाएका हुन् ।
श्रद्धाले सेयर गरेको तस्बिरमा उनको एउटा खुट्टामा नीलो ब्यान्डेज बाँधिएको छ । ‘लिगामन्ेटमा दक्खल परेछ, तर पनि बास्केटबल कोर्टमा साह्रै रमाइलो भयो,’ बास्केटबल खेल्दै गरेको दृश्य छायांकन गर्ने क्रममा आफू घाइते भएको उनले उल्लेख गरेकी छिन् ।

सेल्फी खिच्ने नयाँ प्रविधि

शुक्रबार, २६ चैत २०७२, १३ : ३४ |  नागरिक



http://www.nagariknews.com/uploads/media/07042016082731virat-anushka-1000x0.jpg




सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।
जुत्ताले खिच्छ सेल्फी
सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्ने अनुमतिसमेत हुँदैन । त्यसैले अब जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि विकसित गरिएका छन् । यस्तो जुत्ता बनाउने कम्पनीले जुत्ताको अघिल्लो भागमा स्मार्टफोन अड्याउने ठाउँ राखिदिएको छ ।
त्यसमा स्मार्टफोन हालेर खुट्टा उचाल्दै सेल्फी लिन सकिन्छ । यसरी सेल्फी लिँदा फोटो खिच्नेको दुईवटै हात फ्री हुनेछ । जुन फोनबाटै लिइने सेल्फीमा सम्भव हुँदैन । कुरा यतिमै सीमित छैन, अब जुत्तामै चार्जरको व्यवस्था गर्ने तयारीसमेत भैरहेको छ ।
चम्चा र काइँयोबाट सेल्फी
त्यस्तो सेल्फी डिभाइसको के काम, जुन डिभाइसबाट जुनसकै बेलामा फोटो खिच्न नसकियोस् । अब खाना–खाजा खाँदाखाँदै पनि सेल्फी लिएर साथीलाई पठाउन सकिनेछ । त्यो पनि खाजा खाने चम्चाबाटै ।

हो, अब सेल्फी डिभाइस चम्चामा पनि जडान गर्न थालिएको छ । यो प्रविधिमा ३० इन्च लामो चम्चाको पछिल्लो भागमा स्मार्टफोन राख्न मिल्ने ठाउँ बनाइएको छ, जसबाट मज्जाले सेल्फी लिन सकिन्छ ।

रोबटसँग यौनसुख




सोमबार, ०६ असार २०७३, १७ : ५४

http://www.nagariknews.com/uploads/media/2016/June/sex%20doll%202.jpg


यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ। बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ। तर भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिसहरु डिप्रेसनको सिकार भएका उदाहरण पनि प्रशस्त छन्। यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ। जसले तपाईँले यौन चाहनालाई पूरा गर्नेछ। जब तपाईँको मन जाग्छ तब तपाईँको यौन चाहना पूरा गर्न एन्ड्रोइड सेक्स डल सहवासका लागि तयार हुन्छ।

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

बिहिबार, १६ असार २०७३, १४ : ०९ |  एजेन्सी



http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/13575685_1149621241767050_1955968649_o.jpg



न्युयोर्क–गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसले अमेरिकाको ओरेगनलाई जापानको चिबा र मेइसँग जोडेको छ। जसकालागि ९ हजार किलोमिटर तारको प्रयोग गरिएको छ।
प्रतिसेकेण्ड ६० टेट्राबाइटको गतिमा चल्ने उक्त आयोजनाले यी स्थानबाहेक अन्य स्थानमापनि छिटो कुरा गर्न फाइदा पुर्याउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। विश्वको अहिलेसम्मकै द्रुत केवल भनिएको यस केबलले पश्चिमी कोस्टलाई जोडेको छ। जस अन्तर्गत लस एन्जल्स, दि सन फ्रान्सिस्को बे एरिया,पोर्ट ल्याण्ड र सिटेली जस्ता स्थान पर्दछन् ।यसले जपानका मुख्य शहर तथा एसियाका केही महानगरमा इन्टरनेटको सेवालाई सुधार्न सहयोग गर्दछ।
गुगलका सफ्टवेयर इन्जिनियर  योर्स होल्जेलीले यसमा रहेको ६० टेट्राबाइटको गति हालसम्म कुनै पनि समुद्रका माध्यमबाट जडान गरिएका आधुनिक केबलको गति भन्दा १० मिलियन गुणा छिटो रहेका बताएका छन्। उत्त केबल जडानको कार्य जापानको एनइसी कर्पोरेशनले सन् २०१४ बाट बनाउन सुरु गरेको थियो । सो आयोजनामा गुगलसँगै चाइना मोवाइल इन्टरनेशनल चाइना टेलिकम ग्लोबल ,ग्लोबल ट्रान्सिट, केडिडिआई र सिङटेले पनि आर्थिक सहायता प्रदान गर्दै आएका छन्। यस आयोजनामा जापान तथा ताइवानको २० टेट्रावाइटको अति नै प्रभावकारी हिस्सा रहेपनि एक हिस्सा भने पूर्णरुपमा गुगल कम्पनीले स्वामित्वमा लिएको छ ।

काठमाडौंमा सन्नी लियोनी



सोमबार, १३ असार २०७३, १६ : ५७


http://www.nagariknews.com/uploads/media/Sunny.jpg



काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल भम्रणको लागि काठमाडौं आएकी छिन्। मंगलबार हायात होटलमा जिंक भोड्काले आयोजना गर्ने जिंक पार्टीमा सहभागि हुन उनी सोमबार नेपाल आइपुगेकी हुन्।
‘नेपाल भ्रमणमा आउन पाउँदा उत्साहित छु। सबैलाई जिंक पार्टीमा स्वागत छ,’नेपाल भम्रणबारे उनले ट्वीट गर्दै भनेकी छन्। यो उनको तेस्रो नेपाल भ्रमण हो। यसपटक उनी श्रीमान डेनियल वेबरको साथ राजधानी आएकी हुन्।
दुईवर्षअघि पनि उनी दुई दिनको लागि नेपाल भ्रमणमा आएकी थिइन्। त्यसताका उनले स्वयम्भुको भ्रमण गरेकी थिइन्। श्रीमान डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै इन्स्ट्राग्राममा फोटो पोष्ट गरेकी छन्। जिंक भोड्काले आयोजना गर्ने कार्यक्रममा अभिनेत्री सन्नीले डान्स प्रस्तुत गर्दैछिन्।
‘जिस्म–२’ बाट हिन्दी फिल्ममा डेब्यु गरेकी उनले ‘रागिनी एमएमएस २’, ‘सुट वाउट एट वाड्ला’, ‘हेट स्टोरी –२’ लगायतमा अभिनय गरेकी छिन्।

भाइबरले नेपालमा लगानी गर्ने

http://www.nagariknews.com/uploads/media/2016/June/Viber1.jpg





काठमाडौं– सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा सम्बोधन गर्दै उनले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेको बताए । प्रयोगकर्तालाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन भाइबरले नयाँ र विशेष स्टिकर प्याक सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेन्जर एप्प भाइबरले यो वर्षको सुरुवातदेखि नै स्थानीय भाषामा स्टिकर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।  
नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको पनि घोषणा गरेको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइबरले नेपाललाई आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको उनको दाबी छ । यही सफलतासँगै भाइबर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल सञ्चार एप्स्को रुपमा स्थापित हुने उनले बताए ।
हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपाली बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेको जानकारी गराउँंदै पब्लिक च्याटमा प्रयोगकर्ताले सेलिब्रेटी, प्रेरक र ब्रान्डलाई पछ्याउन सक्ने पनि बताए । माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटी लगायत पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फ्लोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीको दिनचर्या, जीवनशैलीबारे सुटुक्क चिन्हाउन सक्नेछन् ।
पब्लिक च्याटमा जोडिँदै पूर्वमिस नेपाल अर्थ २०१२, नगमा श्रेष्ठले यो नौलो र रमाइलो हुनुका साथै भाइबरबाट आफ्ना विचार अद्यावधिक गर्न र तिनलाई विश्वसमक्ष पु¥याउन सजिलो भएको बताइन् ।
‘मेरा फ्यानहरु अब मेरो गीत संगीत र सिर्जनालाई सजिलै पछ्याउन सक्छन्, यो उनीहरुका लागि वास्तवमै खुसीको कुरा हो,’ चर्चित पप गायक निमा रुम्बाले भने, ‘भाइबरको यो नयाँ सुविधाले गर्दा विशाल संसारसँग सम्बन्ध कायम राख्न र पब्लिक च्याटमा धेरै साथीहरुलाई निमन्त्रणा दिन सक्छन् ।’
यस्तै, नेपाली फिल्म जगतकी चर्चित नायिका ऋचा शर्माले भाइबर पब्लिक च्याटमा आफूलाई पेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित भएकी भन्दै यसले उनलाई गहन अनुभूति दिलाएको बताइन् । पब्लिक च्याटले ब्रान्ड र सेलिब्रेटीलाई उनीहरुको फलोअरसँग अत्यन्त नजिकको निजी सम्बन्ध बनाइ राख्न मद्दत गर्ने उनले बताइन् ।
प्रयोगकर्तामाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवका रुपमा मनाउन भाइबरले १० हजार नेपाली रुपेैयाँ बराबरका स्टिकरको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई मनमोहक डिजाइनले प्रयोगकर्तामाझ बृहत् संवेदना पनि प्रवाह गर्छ । भाइबरले यही सफलतालाई मध्यनजर गर्दै र नेपाली ग्राहकको रुचीलाई ध्यान दिँदै यहाँका स्थानीय सेवाप्रदायकसँग सहकार्य गर्न आगामी केही महिनामै नेपालभर आफ्नो सेवा विस्तार गर्र्ने योजना बनाइरहेको छ ।


Himalayan College

‘विवाह भन्दा पहिलेको यौन तुच्छ’

चीन–चीनमा यौन शिक्षा सम्बन्धी एक किताबका कारण विवाद सिर्जना भएको छ । किताबले विवाह भन्दा पहिले शारीरिक सम्बन्ध राख्ने केटीहरु ‘वाहियात’ भएको निष्कर्ष प्रस्तुत गरेको छ । चीनको सामाजिक सञ्जाल वेवसाइट बीबोमा मानिसहरुले यसप्रति रोष प्रकट गरेका छन् ।
हाइस्कुलमा पढाइने सो किताबमा विवाह भन्दा पहिले शारीरिक सम्बन्ध राख्ने युवतीमा नकारात्मक मनोवैज्ञानिक तथा शारीरिक प्रभाव पर्ने बताइएको छ ।



http://www.nagariknews.com/media/cache/nagarik_thumbnail_263_165/uploads/media/2016/June/NewFolder/index.jpg

खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

शनिबार, ११ असार २०७३, १५ : २३ |  एजेन्सी



जापान-जापानमा अर्को महिना नग्न मानिसहरूका निम्ति रेस्टुरेन्ट खुल्दै छ । विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकले मात्रै रेस्टुरेन्टले पस्किने सत्कार ग्रहण गर्न पाउने छन् । रेस्टुरेन्टभित्र पस्नुअघि ग्राहकले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने नियम बसालिएको छ । जापानको राजधानी टोकियोमा जुलाई २९ मा रेस्टुरेन्टको उद्घाटन हुने तय भएको छ ।
‘मोटाइको अनुपात उचाइसँग मिल्दैन भने त्यस्ता मानिसलाई रेस्टुरेन्टभित्र छिर्न दिइने छैन । रेस्टुरेन्टभित्र छिरेपछि पेन्टीलगायत शरीरका जम्मै वस्त्र खोल्नुपर्छ र पूरै नांगो भएर भोजनको स्वाद लिनुपर्छ । रेस्टुरेन्टको सत्कार ग्रहण गर्न आउनेहरूको शरीरमा ट्याटू खोपेको हुनु हुँदैन । त्यस्तै गरी १८ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेरका ग्राहकका लागि पनि रेस्टुरेन्टको ढोका बन्द गरिन्छ,’ होटल स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । रेस्टुरेन्टमा ग्राहकलाई निर्वस्त्र वेटरले खाना पस्किन्छन् वा वस्त्रधारी वेटरले भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।