Sunday, June 26, 2016

प्रियंकाको सिउँदोमा सिन्दुर, ‘तम्रा नी हाम्रा बाहेक को छ र’ भन्दै दीपकसँग साटिन् प्रेम

भैसेपाटीबाट थोरै ओरालो झरेपछि धान रोप्न तयार भएका किसान र उनीहरुको पानी नपरेर सुख्खा रहेको खेत देखिन्छ । त्यही खेतको कुनै कुनामा बसेर दुई चर्चित अनुहार मायाप्रेम साट्दैछन् ।
छेउमै गीत घन्किएको छ । गीतले भन्दैछ-‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ? तम्रा नी हाम्रा बाहेक को छ र ?’
दुई चिनिएका अनुहार थिए, हाँस्य कलाकार दीपकराज गिरी र नायिका प्रियंका कार्की । कुरा वुझ्दै जाँदा थाहा भयो, चलचित्र ‘छक्का पञ्जा’मा समावेश एक सुदुरपश्चिमेली भाकाको गीतको छायांकन भैरहेको रहेछ ।
खेतमा काम गर्दै गरेका आफ्ना श्रीमान्लाई श्रीमतिले खाजा लगेपछि, डिलमा बसेर दुबैले माया प्रेम साट्दै गरेको दृश्य तयार पारेका थिए, कोरियोग्राफर कविराज गहतराजले । नायिका कार्कीको सिउँदोमा सिन्दुर थियो भने दीपक कृषकको भेषमा गीतमा देखिएका थिए ।
अनलाइनखबर टोली पुग्नु अघि दीपकले खेत जोत्दै गरेको दृश्यमा अभिनय गरेका रहेछन् । ‘पूर्व पश्चिम रेल’ गीतले युटुबमा राम्रो प्रतिक्रिया पाउँदै गर्दा चलचित्रमा समावेश दोश्रो गीतको छायांकन भैरहेको थियो ।
नेपाली मौलिक कथालाई टपक्क टिपेर दीपकराजले चलचित्र निर्माण गर्दै आएका छन् ।
कविराजको कोरियोग्राफी भएकाले निर्देशक दीपाश्री निरौला फुर्सदिलो नै देखिइन् । दीपाश्री चलचित्रलाई लिएर उत्साहित थिइन् । दीपाको छायांकनस्थलमा खासै काम नभएपनि उनी दीपकको पहिरनदेखि नायिकाको स्टाइलमा ध्यान दिन्थिन् ।priyanka deepak khet ropdaipriyanka and deepak khet ropdai
‘पूर्व पश्चिम रेल’ गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा देखिएपनि यो गीतमा भने दीपक र प्रियंका मात्र देखिनेछन् । भदौ २४ गतेबाट रिलिज हुने यो चलचित्र अहिले प्रतिक्षामा छ ।
खेत जोतिसकेपछि दीपक र प्रियंका खेत रोप्न पुगे । कोरियोग्राफर कविराज गहतराले जोनीजिप लगाएर खेतको दृश्य कैद गरे । दीपक बाउँसे गर्न तम्सिए भने प्रियंका रोपारसँग मिलेर खेत रोप्न थालिन् ।

No comments:

Post a Comment