Monday, June 27, 2016

सुशील कोइरालालाई लत्याउदै कांग्रेसद्वारा आज पनि संसद बैठक अबरुद्ध

असार १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद्को बैठक अवरोध गरेको छ ।
भूकम्पपीडितलाई दुई लाख रुपैयाँ एक मुष्ट दिनुपर्ने माग गर्दै कांग्रेसले बैठक अबरुद्ध गरेको हो । कांग्रेसका सांसद् रामशरण महतले भूकम्पपीडितलाई एकमुष्ठ रकम दिन सरकार तयार नभएसम्म संसद् चल्न नदिने बताए ।
कांग्रेसले गत वर्ष साउन २९ मा भएको सहमतिको पुनरावलकोन गरेर भएपनि दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्ने अडान राख्दै आएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा सरकारले विश्व बैंकसँग भूकम्पपीडितको घर पुनर्निर्माणका लागि चार चरणमा ऋण दिने गरी अनुदान सम्झौता गरेको थियो ।
आफ्नै सरकारले गरेको सम्झौताविपरितको माग राख्दै कांग्रेसले केही दिनयता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

No comments:

Post a Comment