Wednesday, June 29, 2016

इंग्ल्याण्डका प्रशिक्षक हडसनले राजीनामा दिए

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/Roy-Hodgson.jpg







काठमाडौं । इंग्ल्याण्डका फुटबल प्रशिक्षक रोय हडसनले राजीनामा दिएका छन् ।
युरो कपको प्रि क्वार्टरफाइनलमा इंग्ल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको आइसल्याण्डसँग २-१ ले पराजित भएपछि हडसनले राजीनामा दिएका छन ।
६८ वर्षका हडसन ४ वर्षदेखि इंग्ल्याण्डका प्रशिक्षक थिए । उनले इटालियन फाबिओ कापेलोलाई विस्थाविपत गरेका थिए । तर, उनको प्रशिक्षणमा इंग्ल्याण्डले ठूला प्रतियोगिताको फाइनल चरणमा ११ मध्ये २ खेल मात्र जितेको छ ।



No comments:

Post a Comment