Friday, June 24, 2016

माओवादी केन्द्रको अबको रणनीति : ‘मुद्दाका आधारमा सहकार्य’

काठमाडौं– देशका विद्यमान समस्याहरुको हलका लागि राष्ट्रिय सहमति र राष्ट्रिय सरकारको एजेन्डालाई अगाडि सारेका एकीकृत माओवादी ‘मुद्दाका आधारमा सहकार्य’ गर्ने मनस्थितिमा पुगेको छ । पार्टीका आन्तरिक वैठकमा प्रचण्डले मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढने रोडम्याप अगाडि सारेका छन् ।



‘मुद्दाका आधारमा सहकार्य’ को यो रणनीति एमालेसँग सहकार्य तोड्ने तहमा जान सक्ने माओवादी केन्द्रका नेताहरुको बुझाई छ । विगतको सहमति अनुसार एमालेले काम नगरेको प्रचण्डको गुनासो रहने गरेको छ । यस अघि पनि एमाले र माओवादीवीच बेला बेलामा खटपट हुँदै आएको छ । अन्तिम समयमा तीन बुँदे भद्र सहमति भएपछि बैशाख तेस्रो साता ओली सरकार बचेको थियो ।
संघीयता र धर्मनिरपेक्षताकाबिरुद्ध उपप्रधानमन्त्रीद्धय चित्रबहादुर केसी र कमल थापाले गतिविधि गर्दा पनि प्रधानमन्त्रीले उनीहरुलाई सचेत नगराएकोलाई माओवादीको नेताहरुले शंकाले हेरेका छन् । ‘के प्रधानमन्त्री संविधान कार्यन्वयनमा गंभीर छैनन् ?, प्रश्न त उठेकै छ ।’ माओवादी केन्द्रबाट सरकारमा सहभागी एक मन्त्रीले भने ।
माओवादी केन्द्रको हेडक्वार्टरका एक सदस्यका अनुसार पार्टीका आन्तरिक विफ्रिङमा प्रचण्डले बताएका छन् :
–शान्ति प्रक्रिया सही तरिकाले टुंगाउने विषयमा सिंगो एमाले र प्रधानमन्त्री गंभीर देखिएनन् ।
–एमालले अन्य समझ्दारी अनुसार काम गरेको छैन । सरकारका राम्रा काममा एक्लै जस लिने र नराम्रा काम अरुको काँधमा थोर्पने भएको छ ।
–राष्ट्रवादी बन्ने नाममा प्रधानमन्त्री ओलीले आन्तरिक राष्ट्रिय एकता बिगारेका छन् । तराई–मधेश, आदीवासी–जनजाती, थारु लगायत समुदायप्रति ओली अनुदार बनेका छन् । यसले राष्ट्रिय एकता खलबलाएको छ ।
–संविधान कार्यन्वयनका लागि दबाबपछि कार्ययोजना त बनेको छ, तर, प्रधानमन्त्री अझै संविधानलाई अक्षरंश कार्यन्वयनका लागि गंभीर भएका छैनन् ।
–प्रधानमन्त्रीले कुटनीतिक सन्तुलन विगारेका छन् । यसले भविष्यमा समस्या पार्न सक्छ ।
प्रचण्डको यस्तो विफ्रिङले सत्ता गठबन्धनभित्र जुनसुकै बेला खटपट उत्पन्न हुने संकेत दिएको छ । केही दिन अगाडि रातोपाटीसँगको अन्तर्वार्तामा पनि प्रचण्डले नयाँ तरिकाले सोच्न सकिने बताएका थिए ।
- See more at: http://www.ratopati.com/news/59015/#sthash.ge0d6hN4.dpuf

No comments:

Post a Comment