Friday, July 1, 2016

फेसबुकबाट बलात्कारदेखि हत्यासम्मको लाइभ भिडियो



शनिबार, ०४ असार २०७३, १३ : ४१

http://www.nagariknews.com/uploads/media/2016/June/facebook.jpg

लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले ती व्यक्ति पहिचान गरेका थिए।
लारोसिस अब्बाला, २५ ले सोमबार राति फ्रान्सका एक प्रहरी र उनको एक साथीको पेरिसभन्दा ३५ माइल बाहिर हत्या गरेका थिए।
अब्बालाले त्यसपछि जेसिका स्नाइडर नाम गरेकी एक महिलाको हत्या गरेको र पीडितको घरबाट फेसबुकमा प्रत्यक्ष भिडियो प्रशारण गरेका थिए। प्रहरीका अनुसार उनले त्यहाँबाट कब्जामा लिएका दुई बालबालिका के गर्ने भनेर फेसबुकबाटै छलफल समेत चलाएका थिए।

सो घटनाबारे थाहा पाएर प्रहरीले घरमा छापा मार्दा अब्बालाको प्रहरी करबाहीमा मृत्यु भएको थियो। उक्त घटनामा अभियुक्तले कब्जामा लिएका बालबालिका सकुशल छन् । उनका अनुसार पत्रकार सम्मेलनमा अभियुत्तले अधिकारीहरुलाई आफू इस्लामिक स्टेटप्रति बफादार रहेको बताएका थिए।

आइएसद्वारा भिडियो भाइरल पार्ने चेतावनी
यता इस्लामिक स्टेटले अब्बालाको भिडियो शेयर गर्दै जिहादी सञ्जालमा पोष्ट गर्ने उल्लेख गरेको छ। त्यसलाई विश्वव्यापी रुपमा भाइरल पार्ने जनाएको छ। गत नोवेम्बरमा इस्लामिक स्टेटले पेरिसमा १३० जनाको ज्यान जानेगरी आतंककारी हमला गरेको थियो। त्यसपछि फ्रान्समासंकटकाल घोषणा गरिएको थियो । पेरिसको सो हमलापछि भएको यो दोस्रो आतंककारी घटना हो।

इस्लामिक स्टेटले भ्रम फैलाउन र समूह विस्तार गर्न झन्डै १.६५ विलियन फेसबुक प्रयोगकर्ता र ३१० मिलियन वििटर प्रयोगकर्ताको प्रयोग गर्दै आइरहेको छ।

फेसबुक प्रवक्ताले विज्ञप्ति मार्फत आफुहरु फ्रान्सका अधिकारीहरुसँग आतंककारी घटना निष्तेज पार्न सहकार्य गरिरहेको बताएका छन्। फेसबुकमा आतंककारी र आतंककारी हमला गर्नेका लागि कुनै स्थान नभएको भन्दै उनले आतंककारीसम्बन्धी सामाग्री आफुहरुलाई रिपोर्ट गरिए त्यस्ता सामग्री चाँडोभन्दा चाँडो डिलिट गरिदिने उनले बताए।

बलात्कारको प्रत्यक्ष भिडियो
प्रत्यक्ष भिडियो भनेको सूचना,अर्थ र मनोरन्जन आदानप्रदान गर्ने माध्यम हो। इन्टरनेट सेवामा भिडियो एक बढ्दै गरेको महत्वपूर्ण माध्यम भएको र प्रयोगकर्ताहरुलाई आर्कषित, विज्ञापन र डाटा संकलनका लागि यसको प्रयोग भइरहेको छ। प्रत्यक्ष भिडियो अहिले फेसबुक ट्वििटर र युट्युव जस्ता सामाजिक सञ्जालहरुको आकर्षक एपको रुपमा रहेका छन्। आइएस कार्यकर्ता अब्बालाको यस घटनाले प्रत्यक्ष भिडियो टेक्नोलोजी प्रयोग गर्ने विषेश गरी सामाजीक सञ्जालको लागि चुनौती दिएको छ।

No comments:

Post a Comment