Saturday, July 2, 2016

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा



शनिबार, १८ असार २०७३, १६ : १५ |  नागरिक
http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/13576435_1150916064970901_1496741980_n.jpg

मुम्बई — बडिउड अभिनेत्री करीना कपुर र अभितेना शैफ अली खानको घरमा चाडै नै नयाँ सदस्यको आगमन हुने भएको छ । शैफ अलि खानले संचार माध्यममा यसबारे खुलाशा गरेका छन्।
विगत केही समयदेखि करीना गर्भवती भएको खबर संचारमाध्यममा आएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको थिएन। यस विषयमा करीना पनि मौन थिइन्। उनका पती शैफले संचारमाध्यमलाई  आफू चाँडै नै पिता बन्न लागेको बताएर करीना गर्भवती भएको खुलासा गरेका हुन्। उनले पत्नी करीनाले आउँदाँ डिसेम्बरमा आफूहरुको पहिलो सन्तानलाई जम्म दिन लागेको बताएका हुन्।
करीना शैफको दोस्रो पत्नी हुन्। यस अघि उनले अमृता सिहंसँग सन् १९९१ मा पहिलो विवाह गरेका थिए। पहिलो पत्नीबाट उनको एक छोरा र एक छोरी छन्। उनले अमृतालाई  सन् २००४ मा डिर्भोस दिएका थिए। करीना र उनको विवाह सन् २०१२ मा भएको थियो।

No comments:

Post a Comment