Sunday, July 3, 2016

दुनियाको सबैभन्दा वजनदार बच्चाः उमेर १० वर्ष, वजन १९२ किलो

उमेर जम्मा १० वर्ष तर जिउको वजन १९२ किलो । हो, इण्डोनेसियामा बस्ने आर्य परमाना नामका बालक विश्वका सबैभन्दा मोटा बालक हुन् । उनको जिउ मोटाउने क्रम अझैपनि तिब्र गतिमा बढिरहेको छ ।
इण्डोनेसियाको पश्चिमी जाभास्थित चिपुरवासारी गाउँमा बस्ने आर्यका मोटोपनालाई देखेर उनका बुवाआमा निकै चिन्तित बन्न थालेका छन् । उनको जिउको तौल यसरी बढिरहेको छ की मोटाइले ज्यानै जाने डरले उनका बाउआमाले उनलाई निकै कम काम दिने अर्थात् क्र्यास डाइटमा राखेका छन् र केवल ब्राउन राइस मात्र खान दिइएको छ । यसअघि उनले दिनमा ५ पटक सम्म खान्थे । 
http://www.onlinekhabar.com/wp-content/uploads/2016/07/ten-year-old2.jpg
जन्मको बेला उनी सामान्य थिए र उनी ३.२ किलोका थिए । तर दुइ वर्षपछि भने उनको जिउको वजन तिव्र रुपमा बढ्न थाल्यो र विस्तारै अनियन्त्रित रुपमा वजन बढ्न थाल्यो । उनको स्थिति यस्तो भएको छ की उनलाई मिल्ने कपडा बजारमा समेत नपाइएपछि उनको जिउ च्यादरले लपेट्नु परेको छ ।
आय हिड्न सक्दैनन् । एक दुइ पाइला हिँडेसँगै जिउको वजनलाई सन्तुलनमा राख्न नसक्दा लड्छन् । उन स्कुल जानपछि छाडेका छन् । उनलाई सधै धकान महसुस हुन्छ । उनी केवल खाने तथा सुत्ने मात्र गर्दछन् ।
http://www.onlinekhabar.com/wp-content/uploads/2016/07/ten-year-old3.jpg
आर्यका बुवाआमाले छोराको उपचारका लागि आसपासका सबैखाले डाक्टरलाई देखाइसकेका छन् । कुनैपनि परीक्षणले उनको जिउमा कुनै खराबी देखाउँदैन तर जिउको मोटाई बढिरहेको छ । आर्यका बुवाआमा सामान्य किसान भएकाले छोराको उपचार गर्न सहरमा लग्नका लागि रकमको पनि अभाव छ । त्यसैले आर्यको उपचारका लागि सहयोगी हातहरुको खोजीमा छन् उनका मातापिता ।

No comments:

Post a Comment