Sunday, July 3, 2016

यस्तो पुल, जहाँ पैदल हिँड्दा पुलिसले पक्राउ गर्छ

२०७३ असार १३ गते ९:३८ मा प्रकाशित

http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/river-bridge.jpg

के तपाइँले यस्तो पुलका बारेमा सुन्नुभएको छ जहाँ कोही पनि मानिस पैदल हिँड्न सक्दैन ? यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ ।
हो, भारतको राजस्थानस्थित धौलपुरमा यस्तो पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको रहेछ ।
जुन नदिमा पुल छ त्यो नदि निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि छन् । पुल होँचो भएको र विगतमा धेरै मानिसहरुले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको   कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो ।
खतरनाक गोही भएको नदिमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना हुन्छ । त्यसैले मानिसहरुले नदिमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बीचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना हुनसक्छ ।

No comments:

Post a Comment