Friday, July 1, 2016

मेसीको संन्यासले रोनाल्डो निराश



शुक्रबार, १७ असार २०७३, १२ : ५२ |  एजेन्सी

http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/13578470_1150219568373884_661910225_n.jpg

एजेन्सी–ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई नराश बनाएको बताएका छन्।
चिनीया संमाचार एजेन्सी सिन्ह्वासँग कुरा गर्दै उनले मेसीले संन्यास लिनु नितान्त व्यक्तिगत विचार भएको र उनको यो निर्णयको सवैले सम्मान गर्नु पर्ने बताए।  उनले मेसीले अन्तराष्ट्रिय फुटबल जीवन टुङयाउँदा आफू दुखी भएको र मेसीले आफ्नो निर्णयमा पुर्नविचार गर्नमा आफू आशावादी रहेको बताए।
बार्सिलोनाका स्ट्राइकरसमेत रहेका २९ वर्षीय मेसीले गत सोमबार अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग ट्राइब्रेकरमा ४—२ गोलले पराजित भएपछि अन्तराष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका थिए। उक्त खेलमा उनले ट्राइब्रेकरको पहिलो प्रहार बाहिर हान्न पुगेका थिए।
मेसीले  संन्यासको निर्णयमा पुर्नविचार गर्नुपर्ने दबाब बढ्दै गएको छ। अर्जेन्टिनाका राष्ट्रपति र फुटबलर लिजेन्ट डिएगो म्यारोडोनाले पनि उनले संन्यास फिर्ता लिनु पर्ने बताइरहेका छन्।
रसियामा सन् २०१८ मा हुने विश्वकपको दक्षिण अमेरिकी राष्ट्रबीचको छनोट प्रतियोगितामा अर्जेन्टिना कमजोर अवस्थामा रहेको छ। मेसीले राष्ट्रबाट नखेल्ने भएपछि अर्जेन्टिना विश्वकपमा नै छनोट नहुने डर त्यहाँका फुटबल समर्थकहरुमा रहेको संचारमाध्यमले उल्लेख गरेका छन्।

No comments:

Post a Comment