Sunday, July 3, 2016

किन आफ्नै पिसाब पिउँदैछन् चिनियाँहरु ?

२०७३ असार १९ गते ८:१२ मा प्रकाशित


http://www.onlinekhabar.com/wp-content/uploads/2016/07/chinese-people-drink.jpg

चिनियाँहरु के मात्रै खाँदैनन् हँ ? स्वास्थ्य राम्रो बनाउने बहानामा चिनियाहरुले सायद दुनियाका सबै चिज खान्छन् होला । हुँदा हुँदा चिनियाहरुले आफ्नै पिसाब पनि पिउन थालेका छन् ।
चीनमा अहिले आफ्नो पिसाब पिउने एक प्रकारको ट्रेण्ड नै चलेको छ । जिउलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउनका लागि प्रोत्साहन गर्न चीनमा एउटा संस्था नै खुलेको छ । जसको नाम हो चिनिया युरिन थेरापी एसोसिएसन ।
चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् ।
बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन बिहान बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् । उनीहरु बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन् । पिसाब पिइसकेपछि निकै स्वादिलो पो छ त भनेर आपसमा ।
युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ । एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा पनि सफा गर्दछन् । अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ । स्मरण रहोस् भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइले समेत आफ्नै पिसाब पिउँदथे ।

No comments:

Post a Comment