Friday, July 1, 2016

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा




शुक्रबार, १७ असार २०७३, ११ : ४८ |  एलबी थापा
http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/13578527_1150205848375256_1034012894_n.jpgशुक्रबार, १७ असार २०७३, ११ : ४८ |  एलबी थापा

मड्रिड–स्पेनिस मुख्य प्रशिक्षक भिसेन्ट डेल बोश्किले पदबाट राजीनामा दिएका छन्। डेल बोश्किले स्पेनको आरएनइ रेडियोसँग कुरा गर्दै आफ्नो अब स्पेनिस मुख्य प्रशिक्षकमा रहिरहने कुनै सोच नभएको बताएका हुन्।
बोश्किको प्रशिक्षणमा स्पेनले सन् २०१२ को युरो कप तथा सन् २०१० को विश्वकप जितेको थियो। फ्रान्समा जारी युरोकप २०१६ को प्रि—क्वाटरफाइनलमा इटालीसँग २—० गोल अन्तरले पराजित हुँदेै स्पेन प्रतियोगीताबाट बाहिरिएको थियो। योसँगै  उसको लतातार तीन पटक युरोकपको उपाधि जित्दै उपाधीमा ह्याट्रिक गर्नबाट चुकेको थियो।यसअघि स्पेनले सन् २००८ र २०१२ को युरोकप जितेको थियो ।

No comments:

Post a Comment